Madhes Khabar
स्थानिय हेडलाइन

छिपहरमाई गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई आयाेगकाे स्पष्टीकरण

मधेसखबर
वीरगन्ज , ०२ मंसिर : निर्वाचन आयोगले पर्साकाे छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे भन्दै गुप्ता र साहलाई आयाेगले स्पष्टीकरण साेधेकाे हाे ।

छिपहरमाई गाउँपालिकाले गत भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगलाई प्राप्त भएको भन्दै आयाेगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । अन्यथा कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

Related posts

एन्जल बसका चालक स्व. महतोका दुई छोराको १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मेयर सिंहले मिलाए

MadhesKhabar

बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

MadhesKhabar

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

MadhesKhabar

Leave a Comment