Madhes Khabar
अन्तर्राष्ट्रिय हेडलाइन

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

वीरगन्ज,११ मंसिर : शुक्रबार भारतको महाराष्ट्रको थानेमा एक योग शिविरमा बाबा रामदेवले भनेका थिए, ’महिलाहरू साडी लगाउँदा पनि राम्रा देखिन्छन्, कुर्ता सुरुवालमा पनि राम्रा देखिन्छन् र मैले जसरी कपडा नलगाए पनि राम्रै देखिन्छन्। हामी त लाज ढाक्न भनेर कपडा लगाउँछौं। बच्चाहरु ७/८ वर्षसम्म नाङ्गै कुद्थे।

त्यही योग शिविरमा बाबा रामदेवसँगै महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसकी पत्नी पनि मञ्चमा थिइन्।रामदेवको उक्त भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको छ।

दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालीवालले बाबा रामदेवको भनाइको आलोचना गर्दै उनले यसका लागि माफी माग्नुपर्ने बताएकी छन्।
रामदेवको कार्यक्रममा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका छोरा र सांसद श्रीकान्त शिन्दे पनि उपस्थित थिए।

बाबा रामदेवको यो भनाइप्रति प्रतिक्रिया दिँदै शिवसेना (उद्धव बालासाहेब ठाकरे) नेता सञ्जय राउतले पनि मञ्चमा अमृता फडणवीस पनि थिइन् तर उनले विरोध नगरेको बताए।

सञ्चारकर्मीसँग कुरा गर्दै राउतले भने, ‘शिवाजीमाथि राज्यपालले अपमानजनक टिप्पणी गर्दा सरकार मौन रह्यो, कर्नाटकका मुख्यमन्त्रीले मराठा गाउँलाई कर्नाटकमा विलय गर्ने धम्की दिँदा सरकार मौन बस्यो र अहिले भाजपाका प्रचारक रामदेवले पनि महिलाको अपमान गरेका छन्। त्यसो भए के सरकारको जिब्रो केन्द्रको बन्धक बनेको छ ?’ साभार : अन्नपूर्णपोष्ट/बिबिसी

 

Related posts

गरिबी र भेदभावका कारणले पर्सामा ८ हजार दलित बालबालिका विद्यालय जानबाट बञ्चित

MadhesKhabar

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

जिराभवानी मेलामा आएका करिब ३ सय कावारियालाई नेता रिजालद्वारा स्वागत तथा सम्मान

MadhesKhabar

Leave a Comment