
मधेसखबर
वीरगन्ज,१९जेठ :पर्साको बहुदरमाई नगर कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा जसपा र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।
सत्तारुढ दलहरुको केन्द्रिय गठबन्धनले कार्यपालिका निर्वाचनमा पनि गठबन्धनकै दलहरु बिच तालमेल गर्न निर्देशन दिएपनि बहुदरमाइ नगरपालिकाको कार्यपालिका निर्वाचनमा भने जसपाले गठबन्धनका सहयात्री दल नेपाली काँग्रेसलाइ छाडेर विपक्षी दल एमालेसंग तालमेल गरेका थियो ।
बिहीबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ८ जना सदस्य मध्ये जसपा र एमालेका ४÷४ जना उम्मेदवार विजयी भएका हुन् ।
दलित वा अल्पसंख्य ससदस्यमा एमालेका मुखदेव साह कानु तथा जसपाका प्रदीप गुप्ता र रामरेखा सिंह निर्वाचित भएका हुन् । महिला सदस्यमा भने एमालेकी नगिया देवी, समसा खातुन र सुनिता देवी तथा जसपाकी कुन्ति देवी र तेतरी देवी विजयी भएका हुन् ।
८ जना कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा एमाले–जसपाले मिलेर मनोनयन दर्ता गराएका थिए भने कांग्रेसले एक्लै मनोनयन दर्ता गराएको थियो ।
९ वटा वडा रहेको बहुदरमाई नगरपालिकामा स्थानीय तहको निर्वाचनमा जसपाले गाउँपालिका अध्यक्षसहित १ वडा अध्यक्ष , एमालेले उपाध्यक्ष सहित ४ वडाअध्यक्ष र कांग्रेसले ३ वडा अध्यक्ष चुनाव जितेको थियो भने एउटा वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

