Madhes Khabar
राष्ट्रिय

जसपा र जनमोर्चाका मेयर उम्मेदवारले फिर्ता लिए उम्मेद्वारी

क्रान्ति शाह
वीरगन्ज, १६ बैशाख
ः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका दुइ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयर पदमा सत्तागठबन्धनका दल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेर बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जितपुरसिमरा उपमहानगरमा शुक्रबार बिहान बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले सत्तागठबनधनको केन्द्रीय तहमा भएको निर्णय अनुसार , गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै दुवै जनाको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो ।
त्यहि निर्णय अनुसार जसपाका मेयर उम्मेदवार शर्मा र जनमोर्चाका उम्मेदवार कार्कीले शुक्रबार उम्मेदवारी फिर्ता लिएकोे नेपाली काँग्रेसका उपमहानगर सभापति छविलाल शर्माले जानकारी दिए ।
यस्तै बैठकले गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ–आफ्ना उम्मेदवारलाई सघाउदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले निर्वाचन सम्पन्न पश्चात मनोनित हुने कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना सदस्य मनोनित गर्ने निर्णय समेत गरेको छ ।
जितपुर सिमरा उपमहानगरको मेयरमा ,गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपमेमयरमा काँग्रेसकी मेघा शाही उम्मेदवार छन् ।

Related posts

वीरगन्जमा सम्पन्न महाधिवेशनबाट यातायात मजदुर संघको केन्द्रिय अध्यक्षमा भण्डारी निर्वाचित

MadhesKhabar

एमाले अध्यक्ष ओली अस्वस्थ्य, चुनावी कार्यक्रम स्थगित

MadhesKhabar

जेनजी आन्दोलन जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

MadhesKhabar

Leave a Comment