Madhes Khabar
राष्ट्रिय

जसपा र जनमोर्चाका मेयर उम्मेदवारले फिर्ता लिए उम्मेद्वारी

क्रान्ति शाह
वीरगन्ज, १६ बैशाख
ः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका दुइ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयर पदमा सत्तागठबन्धनका दल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सोहन शर्मा र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेर बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जितपुरसिमरा उपमहानगरमा शुक्रबार बिहान बसेको गठबन्धनमा आबद्ध दलहरुको बैठकले सत्तागठबनधनको केन्द्रीय तहमा भएको निर्णय अनुसार , गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै दुवै जनाको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको थियो ।
त्यहि निर्णय अनुसार जसपाका मेयर उम्मेदवार शर्मा र जनमोर्चाका उम्मेदवार कार्कीले शुक्रबार उम्मेदवारी फिर्ता लिएकोे नेपाली काँग्रेसका उपमहानगर सभापति छविलाल शर्माले जानकारी दिए ।
यस्तै बैठकले गठबन्धनको मर्म अनुरुप पालिका भित्रका वडा तहमा आ–आफ्ना उम्मेदवारलाई सघाउदै स्वस्थ प्रतिस्पर्धा गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
यसैगरी बैठकले निर्वाचन सम्पन्न पश्चात मनोनित हुने कार्यपालिका सदस्यमा राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना सदस्य मनोनित गर्ने निर्णय समेत गरेको छ ।
जितपुर सिमरा उपमहानगरको मेयरमा ,गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपमेमयरमा काँग्रेसकी मेघा शाही उम्मेदवार छन् ।

Related posts

टिकटक आजैदेखि बन्द हुन्छ : सञ्‍चारमन्त्री शर्मा

MadhesKhabar

झ्याप्लेखोला पहिरोको अपडेट : पहिरोमा पुरिएका ३ वटा गाडीबाट अहिलेसम्म ३० जनाको शव फेला

MadhesKhabar

दिगो पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय समुदायसंग साझेदारी आवश्यक छ : वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment