Madhes Khabar
राष्ट्रिय

एमाले अध्यक्ष ओली अस्वस्थ्य, चुनावी कार्यक्रम स्थगित

मधेसखबर
वीरगन्ज,०१ कार्तिक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा गृहजिल्ला झापामा रहेका उनी अस्वस्थ भएपछि मंगलबार घरमै आराम गरिरहेका छन् ।

झापाका एक एमाले नेताका अनुसार मंगलबार ओली गृह नगर दमकमै केही चुनावी कार्यक्रममा सहभागी हुने तय भएको थियो । तर ओलीलाई ज्वरो आएपछि ती कार्यक्रम स्थगित गरिएका छन् ।

ओली घरमै औषधी खाएर आराम गरिरहेका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।साभार : अनलाइनखबर

Related posts

नागरिकता विधेयक संसदमा अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

MadhesKhabar

स्वास्थ्यमन्त्रीबाट संगीता मिश्रको नाम काटियो, आज ४ जना मन्त्रीलाई मात्रै शपथ गराइँदै

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन

MadhesKhabar

Leave a Comment