Madhes Khabar
राष्ट्रिय

नागरिकता विधेयक संसदमा अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

मधेसखबर
वीरगन्ज,०८असार : सत्तारूढ पाँच दलीय गठबन्धनले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ ।

बुधबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदमा विचाराधीन नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेको र उक्त प्रस्ताव बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता समेत रहेका सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

जन्मसिद्ध नागरिकका सन्तानहरु , बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको कार्र्कीले बताए ।

सन्चार मन्त्री कार्कीले बुधबारको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पु¥याउनका लागि पनि छलफल भएको बताए ।

Related posts

बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेलाई पुष २५ गते सजाय ताेकिने

MadhesKhabar

सुशीला कार्की बनिन् नयाँ प्रधानमन्त्री ,देशले पायाे पहिलो महिला सरकार प्रमुख

MadhesKhabar

देशभरका दुई हजार कैदीले जेल बाहिरै बस्ने सुविधा पाउँदै

MadhesKhabar

Leave a Comment