काठमाडौं,२७भदाैं:अन्तरिम सरकारकाे प्रमुख(प्रधानमन्त्री)मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएकि छन् ।राष्ट्रपति रामचन्द्र पाैडेलले कार्कीलाई संविधानकाे धारा ६१ अनुसार अन्तरिम सरकारकाे प्रमुखमा नियुक्त गरेका हुन् ।त्यसलगत्तै शितल निवासमा कार्कीलाई राष्ट्रपति पाैडेलले सरकार प्रमुखकाे शपथ ग्रहणपनि गराएका छन्।
यससँगै देशले पहिलो महिला नेतृत्व पाएको छ।७३ वर्षीया कार्की देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन् ।
यसअघि कार्कीले पहिलो महिला प्रधानन्यायाधीश पनि बनेर इतिहास रचेकी थिइन् ।
प्रधानन्यायाधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्कीले कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास पनि रचेकी हुन् ।
न्यायपालिकामा रहँदा हक्की र इमानदार स्वभावका कारण उनी चर्चामा आएकी थिइन् ।
यसपटक सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि देशका तीनवटै अंग ध्वस्त भएका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो ।
प्रधानमन्त्री ओलीको राजीनामालगत्तै प्रधानसेनापति अशाेकराज सिग्देल समेतको सहभागितामा राष्ट्रपति पौडेलले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका थिए ।
कार्कीले जेनजीको प्रदर्शनका दौरान भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नेछिन् ।

