Madhes Khabar
स्वास्थ्य हेडलाइन

गाँउपालिकाले अतिरिक्त भत्ता रोकेपछि पकहाँको स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा ४ महिनादेखि बन्द

वीरगन्ज,१९मंसिरःपर्साको पकहाँ मैनपुर गाँउपालिका वडा नम्बर ३ पकहाँमा रहेको स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा विगत चार महिनादेखि बन्द रहदाँ त्यस भेगका गर्भवती महिलाहरु सबैभन्दा बढी मारमा परेका छन् ।

पकाहाँको स्वास्थ्य स्वास्थ्य चौकीको बर्थिग सेन्टरमा अल्ट्रासाउन्ड सेवा गत साउन महिनानादेखि नै बन्द रहेको स्वास्थ्य चौकी इन्चार्ज रामनाथ महत्तोले बताए ।

उक्त बर्थिंग सेन्टरमा गत बैशाखदेखि मात्रै सुरु भएको निःशुल्क अल्ट्रासाउन्ड सेवा साउनदेखि बन्द रहेको उनले बताए ।
गर्भवती महिलाहरुको अल्ट्रासाउन्ड जाँच गर्ने दुई जना स्वास्थ्यकर्मी (स्टार्फ नर्स र अनमी)ले गाँउपालिकाको कार्यालयबाट पाउँदै आएको अतिरिक्त भत्ता गत साउनदेखि गाँउपालिकाले रोकेपछि सेवापनि बन्द हुन पुगेको इन्चार्ज महत्तोले बताए ।

उनका अनुसार, अल्ट्रासाउन्ड जाँच गर्ने बर्थिंग सेन्टरमा कार्यरत तालिमप्राप्त स्टार्फ नर्सले दैनिक १ हजार ५ सय रुपैयाँ र उनका सहयोगी अनमीले दैनिक १ हजार रुपैयाँ अतिरिक्त भत्ता पाउँदै आएका थिए ।

तर गत साउनदेखि गाँउपालिकाको स्वास्थ्य शाखाले अतिरिक्त भत्ता उपलब्ध नगराउने पत्र पठाएपछि अल्ट्रासाउन्ड सेवा बन्द हुन पुगेको महत्तोले बताए ।

उनका अनुसार, बर्थिंग सेन्टरबाट दैनिक १५ देखि २० जना गर्भवती महिलाले निःशुल्क अल्ट्रासाउन्ड सेवा लिदैं आएका थिए ।
साउनदेखि सेवा नै बन्द भएपछि अल्ट्रासाउन्ड सेवाका लागि बर्थिंग सेन्टरमा आउने गर्भवती महिलाहरुलाई पोखरिया र वीरगन्ज पठाउनु परिरहेको पनि महत्तोले बताए ।

पकहाँको बर्थिंग सेन्टरको अल्ट्रासाउन्ड सेवा चार महिनादेखि बन्द रहेका कारण त्यस भेगका गर्भवती महिलाहरु सबै भन्दा बढी मारमा परेको स्थानीय युवा अकलेश साहले बताए ।

गाँउकै स्वासथ्य चौकीको बर्थिंग सेन्टरबाट निःशुल्क हुदैं आएको अल्ट्रासाउन्ड सेवा बन्द लामो समयदेखि बन्द रहदाँ गाउँपालिकाभित्रका गरिब तथा विपन्न परिवारका गर्भवती महिलाहरूलाई शहरका निजी अस्पतालमा गएर महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता भएको उनले बताए।

बन्द अल्ट्रासाउन्ड सेवा पुन सुचारु गराउनका लागि आाँफुसहितका युवाहरुको समुहले डेढ महिनापहिले गाँउपालिकाका अध्यक्ष सुरेश मेहतालाई कार्यालयमै भेटेर ध्यानाकर्षणपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाई नै नभएको गुनासो उनले सुनाए । उनले भने, त्यसपछि मौखिक रुपमा पनि पटक पटक यो कुरा भन्दै आएका छौं । तर कुनै सुनुवाई नै भएको छैन ।

 

Related posts

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

MadhesKhabar

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

Leave a Comment