Madhes Khabar
स्वास्थ्य

पर्साको पकहामा आयोजित कार्यक्रममा २५ जनाद्धारा रगत दान

मधेसखबर
वीरगन्ज,१८असार : पर्साको पकहामैनपुर गाँउपालिकामा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रगत दान गरेका छन् ।

पकहाँमैनपुर युवा सन्जालको सहकार्यमा समाज परिवर्तन नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जनाले रगतदान गरेका हुन् ।पकाहा स्थित श्रीराम चरित्र भगत उच्च मावि परिसरमा भएको रक्तदान कार्यक्रममा रगत दान दान गर्नेहरुमा अकलेश कुमार साह , महम्मद हवारी , रोशन सहनी ,देवलाल साह ,अकलेश पटेल,नरेश सहनी ,जमील अख्तर ,टेक बहादुर विश्वकर्मा,प्रेम बहादुर माली , पृथ्वी नारायण वर्णवाल लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

 

समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता एंव नेकपा एमाले पकहामैनपुर गाउँपालिका कमिटीका सचिव राजेश सहनीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा पकहामैनपुर युवा सन्जालका सचिव भगवान प्रसाद पटेल, गोबिन्द यादव, रामबाबु चौरसिया लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

विश्व मानसिक स्वास्थ्य दिवसमा वीरगन्ज महानगरद्वारा सचेतनामुलक कार्यक्रम आयोजना

MadhesKhabar

औषधी उद्योग र फार्मेसीहरुको अनुगमन गर्न मन्त्री यादवले गठन गरे उच्चस्तरीय अनुगमन समिति

MadhesKhabar

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : अबको एक वर्षमा नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्छ

MadhesKhabar

Leave a Comment