Madhes Khabar
स्वास्थ्य हेडलाइन

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : अबको एक वर्षमा नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्छ

वीरगन्ज,२९असार :स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको एक वर्षपछि वीरगन्जको नारायणी अस्पताल देशकै एक उत्कृष्ट सरकारी अस्पतालका रुपमा स्थापित हुने बताएका छन् ।

आइतबार नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सरको जाँचा र निसन्तान दम्पतिका लागि बाँँझोपनको उपचार सेवाको सुभारम्भ गर्दै मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् । उनले मधेस प्रदेशमा संघ सरकारको एकमात्र अस्पताल नारायणी अस्पताल नै रहेको बताए । त्यसका कारण नाारायणी अस्पतालको सेवा गुणस्तर बृद्धिका लागि स्वास्थ्य मन्त्रालय लागि परेको उनले बताए ।
उनले स्वास्थ्यकर्मीले इमान्दार भएर काम गरे तथा यहाँका राजनीतिक दल र वीरगन्जवासीले साथ दिएमा अबको एक वर्षपछि नारायणी अस्पताल देशमै नमूना अस्पतालका रुपमा स्थापित हुने बताए ।

नारायणी अस्पतालमा पछिल्लो समय सुधारका धेरै कामहरु भएको दाबी गर्दै मन्त्री पौडेलले अब नारायणी अस्पतालमै मुटुको शल्कृया सेवा चाँडै सञ्चालनमा आउनेपनि बतााए ।त्यसका लागि क्याथ ल्याबको काम अन्तिम चरणमा पु्गिसकेको जानकारी अस्पताल प्रशासनले गराएको उनले बताए ।

कार्यक्रममा सहभागी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई निर्देशन दिदैं मन्त्री पौडेलले भने,‘ डाक्टरहरुले बिहान १० देखि साँझ ५ बजेसम्म अस्पतालमा ड्युटी गर्नैपर्छ ।त्यसमा कुनै सम्झौता हुदैन ।’अस्पताललाई कर्र्मचारी भर्तीको केन्द्र नबनाउनपनि पनि उनले निर्देशन दिए । मन्त्री पौडेलले सरकारी अस्पतालका डाक्टर र नर्समाथि भरोसा र विश्वास भएकै कारण सरकारी अस्पतालमा बिरामीहरुको भिड लाग्ने गरेको बताए। त्यसै कारण बिरामीको विश्वास र भरोसा टुट्न नदिने गरी काम गर्न उनले निर्देशन दिए ।

अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास,पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,नेपाल कांग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रेशखर यादव , पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी , उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहबुदिन, युवा नेताहरु मनोहर साह, हरेन्द्र यादव लगायतकाकोपनि सहभागिता थियो ।

 

Related posts

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

वीरगन्जमा पानीको संकट टरोस् भन्ने कामना गर्दै ‘पर्जन्य (वृष्टि) यज्ञ’ आयोजना

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment