Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जको सुक्खा बन्दरगाह भन्सारद्वारा १० महिनामा ४१ अर्ब १८ करोड राजस्व संकलन

फाइल फोटो

वीरगन्ज,१३जेठ:वीरगन्जकाे सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनदेखि बैशाखसम्म १० महिनाकाे अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व संकलन गरेको हाे ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक अर्ब १४ करोड २८ लाख बढी राजस्व संकलन गरेको जानकारी दिए।

उनका अनुसार,कार्यालयले गत आर्थिक वर्षकाे साउनदेखि बैशाखसम्म १० महिनामा ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन गरेकाेमा चालू आर्थिक वर्षकाे साेही अवधिमा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको हाे।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड, मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड, चैतमा चार अर्ब ५० करोड र बैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व सङ्कलन गरेको हाे ।

भन्सार विभागले सुक्खा बन्दरगाह कार्यालयलाई चालू आर्थिक वर्षका लागि ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

Related posts

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

MadhesKhabar

पर्सामा नयाँ नियम: अब डीप बाेरिङ गाड्न जिल्ला विपद व्यवस्थापन समितिबाट अनुमति लिनुपर्ने

MadhesKhabar

सखुवाप्रसाैनीमा एमाले अध्यक्ष ओलीलाई ५२ किलाेकाे मालाले गरियाे स्वागत

MadhesKhabar

Leave a Comment