Madhes Khabar
कृषि हेडलाइन

बिरुवागुठीमा किसानको सहुलियतका लागि ६३ करोडको लागतमा अन्न भण्डारण गृह सञ्चालन

माधुरी महतो
वीरगन्ज,१२जेष्ठः पर्साको पर्सागढी नगरपालिकाको बिरुवागुठीमा पर्सा,बारा र रौतहटका किसानलाई लक्षित गरी अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको छ । किसानले उत्पादन गर्ने अन्न भण्डारण गर्नका लागि ६३ करोड रुपैयाँको लागतमा अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको हो ।

शुक्रबार वीरगन्जमा आयोजित कार्यक्रममा नेपाल वेयर हाउजिङ्ग कम्पनि लिमिटेडका महाप्रबन्धक समीरराज सत्यालले साईलो प्रविधीमा आधारित रहेर बैज्ञानिक ढंगले अन्नलाई सुरक्षित रुपमा भण्डारणको व्यवस्था हुने गरी अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको जानकारी गराए ।

सुरक्षित प्रविधियुतm कृषि बजारीकरणलाई समेत टेवा पुग्ने र किसानलाईपनि सहुलियत रुपमा सहजता प्रदान गर्ने उद्देश्यले बैज्ञानिक अन्न भण्डारण गृह सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष आनन्द बगारीयाले जनाए ।

उनका अनुसार, नेपालमा हरेक बर्ष करिब २० लाख टन मकै उत्पादन हुने गरेको तथा करीब ४ लाख टन मकै आयात समेत वर्षेनी हुँदै आएको भएपनि ती खाद्यन्न सुरक्षित राख्ने भण्डारणको व्यवस्था नभएको कारण किसानदे नोक्सानी पनि बेहोर्दै आएका छन् । त्यसैलाई मध्यनजर गरेर किसान र व्यापारीहरुका लागि कम्पनिले बैज्ञानिक प्रविधीको प्रयोगबाट गुणस्तरको समेत ख्याल गर्दै सुरक्षित तवरले भण्डारणको व्यवस्था मिलाएको उनले बताए ।

कम्पनीकी सञ्चालिका सदिक्षा श्रेष्ठका अनुसार,चीन र जर्मनीबाट आयात गरीएका अत्याधुनिक उपकरण र प्रविधीको प्रयोगबाट हाल मुख्य तीन उत्पदान गहुँ , मकै र भटवास भण्डारण गृह सुनसरी ,पर्सा र कपिलवस्तुमा सञ्चालनमा ल्याएको छ ।कम्पनिका अर्का संचालक सतिसचन्द्र श्रेष्ठले किसानका उत्पादन खरीद विक्री गर्दै आएका व्यापारीहरुलाई नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको साईलो भण्डारण प्रविधीलाई उपभोग गर्न आग्रह गरे ।

नेपाल हाउजिङ्ग कम्पनि लिमिटेडले किसानलाई आवश्यक पर्ने बीउ,मल,विषादी,उपकरण तथा अन्य आवश्यक वस्तु बैंक तथा वितिय व्यवस्थापन अन्तर्गत धितो व्यवस्थापनका साथै नोक्सानी बिमाको समेत व्यवस्था गरेकाले सानादेखी ठुला किसानहरु लाभान्वित भइरहेको सञ्चालक पप्रदीप अग्रवालले बताए । मकै र भटमास उत्पदान तर्फ पछिल्लो समय निरुत्साहीत भएका किसानहरु फेरी पनि आकर्षित हुने र देशमा उत्पदानसंगै खपत पनि बढाउने विश्वास तथा उद्देश्य लिइएको उनले बताए ।

भण्डारण गृहकै अभावमा किसानका उत्पादन २५ प्रतिशत नोक्सान भएर जाने गरेको सरकारी तथ्यांकले पनि देखाएको भन्ददै उनले त्यसैलाई मध्यनजर गर्दै यस्ता भण्डारण गृहको अवधारणालाई अघि सारिएको बताए ।

Related posts

वीरगन्ज नाकामा उच्च सुरक्षा सतर्कता

MadhesKhabar

९ महिनामा पर्साका सरकारी कार्यालयहरुको पुँजीगत खर्च २८ प्रतिशतमात्र

MadhesKhabar

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

Leave a Comment