Madhes Khabar
समाज हेडलाइन

अल्पाइन स्कुलमा छात्रालाइ यौन र्दुव्यवहार गर्ने शिक्षक मियाँ पक्राउ

मधेसखबर
वीरगन्ज, ०८ असोज : वीरगन्जको एक नीजी विधालयका शिक्षक , छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँलाइ प्रहरीले पक्राउ गरेको हो ।

कक्षा ६ मा अध्ययनरत एक छात्राले आफुग यौन दुव्र्यवहार गरेको गुनासो गरेपछि शिक्षक मियाँलाइ वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको हो ।

गत बुधबार पिडित छात्राले शिक्षक मियाँले विधालयमै आफुसंग आपत्तिजनक तरिकाले यौन दुव्र्यवहार गरेको कुरा आफना अभिभावकलाइ बताएकी थिइन् । त्यसपछि अभिभावकले उक्त घटना बारे प्रहरीलाइ खबर गरेका थिए । प्रहरीलाइ खबर गरिए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शिक्षक मियाँलाइ नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

अभिभावकले दिएको उजुरीको आधारमा असोज ५ गते नै मियाँलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुव्र्यवहार मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाइएको गिरिले जानकारी दिए ।

 

पक्राउ परेका शिक्षक मियाँको स्थायी घर पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ मा भएपनि उनी वीरगन्जमा बस्दै आएका छन् ।

Related posts

सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्छु : वन मन्त्री यादव

MadhesKhabar

वीरगन्जमा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

MadhesKhabar

रवि प्रबन्ध निर्देशक रहेकै बेला वीरगन्जको सहकारीबाट पनि गोर्खा मिडियामा साढे ८ करोड अपचलन

MadhesKhabar

Leave a Comment