Madhes Khabar
समाज हेडलाइन

अल्पाइन स्कुलमा छात्रालाइ यौन र्दुव्यवहार गर्ने शिक्षक मियाँ पक्राउ

मधेसखबर
वीरगन्ज, ०८ असोज : वीरगन्जको एक नीजी विधालयका शिक्षक , छात्रासंग यौनजन्य दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर ११ स्थित अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँलाइ प्रहरीले पक्राउ गरेको हो ।

कक्षा ६ मा अध्ययनरत एक छात्राले आफुग यौन दुव्र्यवहार गरेको गुनासो गरेपछि शिक्षक मियाँलाइ वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको हो ।

गत बुधबार पिडित छात्राले शिक्षक मियाँले विधालयमै आफुसंग आपत्तिजनक तरिकाले यौन दुव्र्यवहार गरेको कुरा आफना अभिभावकलाइ बताएकी थिइन् । त्यसपछि अभिभावकले उक्त घटना बारे प्रहरीलाइ खबर गरेका थिए । प्रहरीलाइ खबर गरिए लगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले शिक्षक मियाँलाइ नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरिले जानकारी दिए ।

अभिभावकले दिएको उजुरीको आधारमा असोज ५ गते नै मियाँलाई पक्राउ गरि पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुव्र्यवहार मुद्धामा अनुसन्धान र कारबाही प्रक्रिया अगाडी बढाइएको गिरिले जानकारी दिए ।

 

पक्राउ परेका शिक्षक मियाँको स्थायी घर पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ मा भएपनि उनी वीरगन्जमा बस्दै आएका छन् ।

Related posts

प्रजनन् स्वास्थ्य लगायतका विषयमा बाराका किशोरीहरुलाई दिइयो तालिम

MadhesKhabar

वीरगन्जमा सत्मार्ग फाउन्डेसनकाे कार्यक्रममा १६ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्ज नाकाबाट डिजेलको आयात घट्यो, पेट्रोलको आयात भने बढ्यो

MadhesKhabar

Leave a Comment