Madhes Khabar
खेलकुद

बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको एनआइ कलेजले गर्‍यो प्रायोजन

वीरगन्ज,६भदौं :बारा जिल्ला क्रिकेट संघलाई वीरगन्जको नेशनल इन्फोटेक (एनआइ ) कलेजले प्रायोजन गरेको छ । शुक्रबार वीरगन्जको क्लाक रिसोर्टमा आयोजित समारोहमा एआइ कलेजका निर्दैशक मनिष सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले ’साईनिङ्ग सेरोमनी’मा प्रायोजनको सम्झौता गरेका हुन्।

उक्त सम्झौता अनुसार, एनआइ कलेजले एक वर्षसम्म बारा जिल्ला क्रिकेट संघलाई प्रयोजन गर्नेछ ।नेपाल क्रिकेट संघ(क्यान)बाट आउने वार्षिक रकमले स्थानीय स्तरमा चार पाँच वटा प्रतियोगितापनि आयोजना गर्न अपुग हुने गरेको छ । त्यसैका कारण बारामा स्थानीयस्तरमै त्रmिकेट खेलाडी उत्पादन गर्न,क्रिकेटका गतिविधी सञ्चालन गर्न तथा क्रिकेट खेलप्रति युवायुवतीहरुको आकर्षण बढाउने उदेश्यले बारा जिल्ला क्रिकेट संघलाई एनआइ कलेजले एक वर्षका लागि प्रायोजन गरेको कलेजका निर्देशक सिंहले बताए ।

त्यसअवसरमा एनआइ कलेजले प्रायोजन गरेको जर्सी प्रदर्शन समेत गरिएको कलेजका सुधिर पटेलले जानकारी दिए । कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तानद्वय विनोद दास र पवन अग्रवाल , मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सुभाष जयसवाल, राष्ट्रिय टिमका क्रिकेटर अनिल साह, आदिल आलम, पवन सर्राफ लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

जिम्बावे विरुद्ध नेपालको सान्दार जित

MadhesKhabar

नेपालकाे लगातार तेस्राे हार

MadhesKhabar

दोश्रो टेष्टमा पनि अस्ट्रेलिया माथि भारतको सानदार जित

MadhesKhabar

Leave a Comment