Madhes Khabar
खेलकुद

पर्साकाे जानकीटोलामा आयाेजित नकआउट क्रिकेटकाे उपाधि बिहारकाे प्रिन्स-११ ले जित्याे

वीरगन्ज,२७असोजःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ जानकीटोलामा आयाेजित श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि भारत बिहारकाे प्रिन्स-११ सेढवाले जितेकाे छ ।
आइतबार भएको फाइनल खेलमा पर्साकाे जगरनाथपुर गाँउपालिकाकाे जानकीटाेला क्रिकेट टिमलाई १ विकेटले स्तब्ध पार्दै प्रिन्स-११ सेढवाले उपाधि चुमेकाे हाे।जानकीटाेलाले दिएकाे १३६ रनकाे लक्ष्य प्रिन्स-११ सेढवाले १९.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्याे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जानकीटाेलाले निर्धारित २० ओभरमा १३५ रन बनाएकाे थियाे।
प्रतियोगिताको समापन समाराेहमा जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले उपाधि विजेता टिम प्रिन्स-११ लाई ट्रफी र मेडलसहित नगद २० हजार रुपैयाँ प्रदान गरे ।उपविजेता जानकीटाेलाले नगद १० हजार रुपैयाँ प्राप्त गर्याे।
श्रीदेवी माई युवा समाजले असाेज २१ गतेदेखि आयोजना गरेको क्रिकेट प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमले भाग लिएका थिए ।
जगरनाथपुर गाँउपालिकाका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा भएको समापन समाराेहमा वडाध्यक्ष नेपाली कुशवाहाा, सशस्त्र प्रहरी नायब उपरीक्षक रिबाज ढकाल,गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय लगायतकोपनि सहहभागीता रहेको नेपाली कांग्रेसका युवा नेता मन्जय गिरीले जानकारी दिए

Related posts

ब्राजिललाई पाखा लगाउदै क्राेएसिया विश्वकप फुटबलको सेमिफाइनलमा

MadhesKhabar

फोर ब्रदर्स नवलपरासीसंग वीरगन्ज युनाईटेड पराजित

MadhesKhabar

कुवेतलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment