पूर्वी नवलपरासी,२७माघ:पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो कप फुटबल अन्तर्गत शनिबार भएको खेलमा फोर ब्रदर्स पश्चिम नवलपरासीले वीरगन्ज युनाइटेड क्लबलाई २-१ गोलले पराजित गरेको छ ।
मध्यबिन्दु नगरपालिका-४ स्थित राइनो क्लबको मैदानमा भएको खेलमा फोर ब्रदर्सका लागि बिनोद केबट र फागुराम थारुले गोल गरेका थिए । खेलको अन्तिम ४ मिनेटमा वीरगन्ज यूनाइटेडका बिकास चौधरीले एक गोल फर्काएका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार गण्डकी प्रदेश र हनामी भरतपुर फुटबल क्लब चितवनबीच खेल हुनेछ । १२ टिम सहभागी प्रतियोगितामा बिजेताले ८ लाख रुपैयाँ र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
राइनो क्लबले ०६२ सालदेखि निरन्तर राइनो कप फुटबल प्रतियोगिता सन्चालन गर्दै आएको छ ।साभार:ईकान्तिपुरबाट

