काठमाडौं,१९साउन: इंग्ल्यान्डमाथि ६ रनको रोमाञ्चक जित निकाल्दै भारत शृंखलाको हारबाट जोगिएको छ। साेमबार चौथो दिन इंग्ल्यान्डलाई जितका लागि ३५ रन चाहिँदा भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे।
भारतले दिएको ३७४ को लक्ष्य पछ्याएको इंग्ल्यान्डले राम्रोसँग इनिङ सम्हाल्न नसक्दा हार व्यहोरेको हो। अन्तिम दिन ४ विकेट बाँकी रहँदा ३५ रन समेत बनाउन नसक्दा इंग्ल्यान्डले बराबरीमा चित्त बुझाउन परेको हो। एन्डरसन तेन्दुलकर टेष्ट ट्रफीमा भारतले बराबरी बनाएको हो।
चौथो दिन भारतका लागि प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरे। मोहम्मद सिराजले ५ विकेट लिँदा प्रसिद्ध कृष्णले ३ विकेट लिए। अन्तिम विकेटका लागि गस एटिङ्सनलाई १७ रनमा बोल्ड गर्दै सिराजले सिरिज बराबरीको अवस्थामा ल्याए।
पहिलो इनिङमा भारतका लागि करुण नयरले सर्वाधिक ५७ रन बनाएका थिए । इंग्ल्यान्डका गस एटिङसनले ५ तथा जोश टङले ३ विकेट लिएका थिए भने क्रिस वोक्सले १ विकेट हात पारेका थिए।
जवाफमा ब्याटिङ गरेको इंग्ल्यान्डका लागि ज्याक क्रलीले ६४ तथा ब्रुकले ५३ रनको पारी खेलेका थिए। भारतका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले ४-४ र आकाश दीपले १ विकेट लिए।
२३ रनले पछाडि परेको भारत दोस्रो इनिङमा ३९६ रनमा अलआउट हुँदै ३७३ रनको अग्रतासहित इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
दोस्रो इनिङमा भारतका लागि यशश्वी जैसवालले ११८, आकाश दिपले ६६ तथा रविन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३ रन बनाए। इंग्ल्यान्डका जोश टङले ५ तथा गस एटिकसनले ३ र जेमी ओभरटनले २ विकेट लिए।साभार:अन्नपूर्णपाेष्ट

