Madhes Khabar
खेलकुद

टि -१० क्रिकेट लिगमा पर्साका पत्रकारलाई हराइ दिए डाक्टरले

वीरगन्ज ,४ बैशाख:वीरगन्जमा जारी टि – १० क्रिकेट लिगमा मंगलबार भएको खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई फराकिलो रन अन्तरले हराएको छ ।

नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा मंगलबार आयाेजित खेलमा मेडिकल एसोसिएसन पर्साले नेपाल पत्रकार महासंघ पर्सालाई ६१ रनले हराएको हो ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा २०७ रनको लक्ष्य पाएको पत्रकारले ९ ओभर ४ बलमा अलआउट हुदै ४५ रन मात्र बनाएपछि नेपाल मेडिकल एसोसिएसन पर्साले ६१ रनकाे जित हात पार्याे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ८ विकेटको क्षतीमा १०६ रन बनाएको थियो ।

खेलको म्यान अफ दि म्याच नेपाल मेडिकल एसोसिएसन पर्साका डा. नदिम हुसेन घोषित भए । उनलाई नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा . उदयनारायण सिंहले शिल्ड प्रदान गरे ।

नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयको आयोजनामा सोमबारदेखि सुरु भएको टि – १० क्रिकेट लिग प्रतियोगिता बैशाख ५ गते सम्म चल्ने नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।

प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी छन् ।

Related posts

कप्तान रोहितको बिस्फोटक ब्याटिङ,लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

MadhesKhabar

एनपीएलमा लुम्बिनीकाे पहिलो जित

MadhesKhabar

पर्सा क्रिकेट लिगमा युनाइटेड र किन्लिसकाे विजयी सुरुवात 

MadhesKhabar

Leave a Comment