Madhes Khabar
खेलकुद

श्रीलंका माथि नेपालको सान्दार जित

मधेसखबर

वीरगन्ज,११ साउन:  नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ ।

बुधबार बेलुकी कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।

नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे ।

यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ र राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा छ । समान ६ अंकमा बंगलादेश दोस्रो स्थानमा छ ।

यसअघि दिनको पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हरायो । बंगलादेशका लागि मोहमद नोभाले दुई गोल गरे । भारतका लागि गुर्किरात सिंहले एक गोल फर्काए ।

Related posts

लगातार ६ खेल जित्दै भारत विश्वकप क्रिकेटकाे सेमिफाइनलमा

MadhesKhabar

जीतपुरसिमरा गोल्डकप फुटबल चैत २४ देखि

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment