Madhes Khabar
खेलकुद

श्रीलंका माथि नेपालको सान्दार जित

मधेसखबर

वीरगन्ज,११ साउन:  नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ ।

बुधबार बेलुकी कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।

नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे ।

यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ र राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा छ । समान ६ अंकमा बंगलादेश दोस्रो स्थानमा छ ।

यसअघि दिनको पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हरायो । बंगलादेशका लागि मोहमद नोभाले दुई गोल गरे । भारतका लागि गुर्किरात सिंहले एक गोल फर्काए ।

Related posts

आईपीएलकाे फाइनलमा पुग्न राजस्थान र हैदराबाद आज भिड्दै

MadhesKhabar

वीरगन्ज सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

MadhesKhabar

हेटाैंडालाई हराउँदै वीरगन्ज बन्याे च्याम्पियन

MadhesKhabar

Leave a Comment