Madhes Khabar
खेलकुद

हेटाैंडालाई हराउँदै वीरगन्ज बन्याे च्याम्पियन

मकवानपुर,२९फाल्गुन:हेटाैंडामा आयाेजित अष्टकुमारी स्मृति टी–२० अन्तर कलेज क्रिकेट क्रिकेट प्रतियोगिताको उपाधि वीरगन्जको नेशनल इन्फोटेक कलेजले जितेको छ ।हेटौंडाकाे हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा हेटौंडा स्कुल अफ म्यानेजेमेन्टलाई ४ विकेटले पराजित गर्दै वीरगन्जले उपाधि जितेकाे हाे।

हेटौंडाले दिएकाे १२१ रनकाे लक्ष्य वीरगन्जले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । वीरगन्जका लागि मन्थन यादवले सर्वाधिक ४३ रन जोडे ।

यसअघि पहिला व्याटिङ गर्दै हेटाैंडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२० रन बनाएको थियो ।उसका लागि युविन बुढाथोकीले ४९ रनको योगदान गरेका थिए ।

प्रतियोगितामा वीरगन्जका मन्थन यादव सर्वोत्कृष्ट खेलाडी घोषित भए । नारायणी कलेज हेटौंडाका बलर अस्मितकुमार मण्डल र व्याटर युविन बुढाथोकी उत्कृष्ट घोषित भए ।

उपाधिसँगै वीरगन्जले नगद ५० र उपविजेता हेटौंडाले २५ हजार रुपैयाँ नगद हात पारेको छ ।

हेटाैंडा जेसिसले आयाेजना गरेकाे प्रतियोगितामा हेटौंडा, चितवन, बारा र पर्साका गरी ६ वटा कलेजको सहभागिता रहेको थियो ।

Related posts

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई १ रनको १ हजार नगद दिने

MadhesKhabar

वेस्ट इन्डिजमाथि भारतको सानदार जित

MadhesKhabar

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा पटेल सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment