Madhes Khabar
खेलकुद

वेस्ट इन्डिजमाथि भारतको सानदार जित

काठमाडौं,२८ साउन : ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले चौथो टि–२० क्रिकेटमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच टि–२० खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ ।

शनिबारराति भएको खेलमा जितको लागि पाएको १ सय ७९ रनको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । भारतको जितमा यशस्वी जैसवाल ५१ बलमा ११ चौका र ३ छक्कासहित ८४ रनमा नटआउट रहे ।अर्का ओपनर शुभमन गिल ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रनमा आउट भए । तिलक बर्मा ५ बलमा १ चौकासहित ७ रनमा नट आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेकोे वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो । वेस्टइन्डिजका बायाँ हाते ब्याटर शिम्रन हेटमायरले ३९ बलमा ४ छक्का र ३ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिए ।शाई होपले २९ बलमा २ छक्का र ३ चौका सहित ४५ रनमा आउट भए ।

बलिङ तर्फ भारतका स्पिनर कुलदीप यादवले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले एक एक विकेट लिए ।यी दुइ टिमबिचको पाँचौं तथा निर्णायक खेल आइतबार राती हुनेछ ।

Related posts

नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय सिरिजको उपाधि

MadhesKhabar

बिहारकाे जय हिन्दलाई हराउँदै पर्साकाे निचुटाले उचाल्याे `परसवा गाेल्डकप´काे उपाधि

MadhesKhabar

विश्वकप क्रिकेटमा भारतकाे पहिलाे खेल आज,अष्ट्रेलियासंग भिड्दै

MadhesKhabar

Leave a Comment