Madhes Khabar
खेलकुद

नेपाललाई हराउँदै नेदरल्याण्ड्सले जित्यो त्रिदेशीय सिरिजको उपाधि

काठमाडौं,२२फाल्गुन:टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्याण्ड्सले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाललाई हराउँदै ४ विकेटले नेदरल्याण्ड्स विजयी भएको हो।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने जवाफि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले ६ विकेटको क्षतिमा १९.३ ओभरमा लक्ष्य भेट्टाएको हो।नेदरल्याण्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन, साइब्रान्ड एंगलब्रेक्टले ४८, भिभिएन किंग्माले २९, म्याक्स ओ डाउडले २२ रन र टिम भान डर गुग्टेनले २१ रनको योगदान गरे। अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि कुशल मल्लले एकै ओभरमा नेदरल्याण्ड्सको दुई विकेटसहित ४ विकेट लिए। त्यसैगरी दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १÷१ विकेट लिए।

त्यस अगाडि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले ८ विकेटको क्षतिमा १८४ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरे।

त्यसैगरी गुलसन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान रोहित पौडेलले २५ रन, ओपनर कुशल भुर्तेलले २० रन, करण केसीले ९ रन, सोमपाल कामीले ६ रन, प्रतिश जिसीले ६ रन, दिपेन्द्रसिंह ऐरीले १ रनको योगदान गरे। आरिफ शेख शून्य रनमा आउट भए।
नेदरल्याण्ड्सका लागि टिम भान डर गुग्टेन, माइकल लेभिट, साइब्रान्ड एंगलब्रेक्ट र फ्रेड कलासेनले समान २÷२ विकेट विकेट लिए।साभारःअन्नपूर्णपोष्टबाट

Related posts

शिखर धवनको टिम कर्णालीको पहिलो जित, चितवन ६ विकेटले पराजित

MadhesKhabar

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

MadhesKhabar

नेपालले विश्वकप छनोटमा कुन-कुन देशसँग प्रतिस्पर्धा गर्छ?

MadhesKhabar

Leave a Comment