काठमाडौं,२१मंसिर :नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा तिथवन राइनोजलाई ६ विकेटले हराउँदै जारी प्रतियोगितामा कर्णालीले पहिलो जित हात पारेको हो ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ बलमा केवल ४ विकेट गुमाएर पुरा गर्यो ।कर्णालीका लागि शिखर धवनले ४५ रन बनाए । ४१ ब्ल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । चाडविक बाल्टनले ३० रन जोडे ।बलिङ्तर्फ चितवनका कुशल मल्ल, रवि बोपारा र निकोल लाफ्टी इटनले समान १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित ओभर २० ओभरमा ७ विकेट बनाएर १३० रन बनाएको थियो । चितवनका बोपाराले ५९ रनको अविजिति पाली खेलेका थिए। उनले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे। त्यस्तै चितवनका कप्तान कुशल मल्लले २३ रन , विपिन रावलले ११ रन बनाए ।
बलिङ्तर्फ कर्णालीका लागि विपिन शर्मा एक्लैले ३ विकेट लिए भने जिशन मक्सुदले २ तथा सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए।

