Madhes Khabar
खेलकुद

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई १ रनको १ हजार नगद दिने

फाइल फोटो

काठमाडौं,१२कार्तिकः अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।साभारः अनलाइनखबरबाट

Related posts

आयोजक एनआई कलेजले उचाल्यो अन्तर कलेज टि–२० क्रिकेटको उपाधि

MadhesKhabar

नेपाललाई नेदरल्याण्डले दियो १८५ रनको लक्ष्य

MadhesKhabar

अर्जुन गुप्ताकाे अध्यक्षतामा पर्सा जिल्ला फूटबल रेफ्री संघ गठन

MadhesKhabar

Leave a Comment