Madhes Khabar
खेलकुद

अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपाली खेलाडीलाई १ रनको १ हजार नगद दिने

फाइल फोटो

काठमाडौं,१२कार्तिकः अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ ।अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो ।अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।

टी–२० विश्वकपको एसिया छनोट सोमबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ ।साभारः अनलाइनखबरबाट

Related posts

टी-२० विश्वकपमा भारतकाे सानदार सुरुवात, आयरल्यान्ड ८ विकेटले पराजित

MadhesKhabar

एनपीएलमा लुम्बिनीकाे पहिलो जित

MadhesKhabar

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ मा आयाेजक वीरगन्जकाे विजयी सुरुवात

MadhesKhabar

Leave a Comment