Madhes Khabar
खेलकुद

परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी सर्लाही विजयी

वीरगन्ज,२९ फागुन : वीरगन्ज २१ परवानीपुरमा जारी कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत तेश्रो दिनको खेलमा गोरखा फुटबल एकेडमी सर्लाही विजयी भएको छ ।

परवानीपुर सिथ्त खेलमैदानमा सोमबार भएको खेलमा गोरखा फुटबल एकेडमी सर्लाहीले हेटौडा फुटबल एकेडमी मकवानपुरलाई १–० गोलले हराएको हो ।

उक्त खेलको म्यान अफ दि म्याच गोरखा फुटबल एकेडमी सर्लाहीका समिर लामा घोषित भए । उनलाई नेकपा एमाले वीरगन्ज महानगर कमिटिका अध्यक्ष राजेन्द्र यादवले नगद ५ हजार र ट्रफि प्रदान गरे ।

परवानीपुर युथ क्लबले आयोजना गरेको प्रतियोगितामा मधेस प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई गरी ८ वटा टिम सहभागी छन् ।
प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ५० हजार र दोस्रो हुने टिमलाई नगद ७५ हजारका साथै शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।

Related posts

अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका बन्यो वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

MadhesKhabar

मलेसियासँग हारे पनि नेपाल फाइनलमा

MadhesKhabar

टी–२० विश्वकप छनोट: नेपाल आज कतारसंग भिड्दै

MadhesKhabar

Leave a Comment