
काठमाडौं,२७असाेज:टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले आज(साेमबार) कतारसंग प्रतिस्पर्धा गर्दैछ।यी दुईबीचको खेल नेपाली समय अनुसार बेलुकी ८:४५ बजेदेखि ओमानमा सुरु हुनेछ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको थियो। कतार भने आइतबार ओमानसंग ३४ रनले पराजित भएको थियो।
नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ। सुपर सिक्स अन्तर्गत आज ओमान र युएईबीच पनि खेल हुँदैछ, जुन नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि सुरु हुनेछ।
सुपर सिक्सको खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुने छनोटमा प्रवेश गर्नेछन्।

