Madhes Khabar
खेलकुद

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासंग खेल्दै नेपाल

काठमाडौं,२९जेष्ठ:नेपाल र श्रीलंका विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक खेल्ने भएका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा श्रीलंका र नेपालको पहिलो पटक आमने सामने हुने भएका हुन् । बुधबार बिहान सवा पाँचमा नेपाल र श्रीलंकाबीच खेल हुदैछ ।

ओडिआई र टी-२० आईमा पहिलो भेट हुनेछ । नेपालले २४ औं टी-२० आई प्रतिद्वन्दीका रुपमा श्रीलंकासँग पाउँने भएको छ । नेपाल र श्रीलंकाबीचको खेल फ्लोरिडामा १२ जुन अर्थात ३० जेठमा हुनेछ ।

श्रीलंकाविरुद्धको खेल नेपालले पाँचौ टेस्ट मान्यता पाएको राष्ट्रको टी-२० आई खेल हुनेछ । यसअघि नेपालले टेस्ट मान्यता पाएका भारत, जिम्बावे, आयरल्यान्ड र बंगलादेशसँग खेलिसकेको छ । सन् २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानसँग खेलेको भए पनि अफगानिस्तानले सो समयमा टेस्ट मान्यता पाएको थिएन ।

नेपालले गतसाताको मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । पहिलो खेल नेपालले ६ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेष्ठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ बजेदेखि सुरु हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । उक्त खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

Related posts

पर्सामा झाको अध्यक्षतामा खो खो संघको जिल्ला कार्यसमिति गठन

MadhesKhabar

एनआई कप क्रिकेट : नेशनल एकेडेमी र ज्ञानदा एकेडेमीको जीत

MadhesKhabar

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक :भारत र पाकिस्तान एउटै समूहमा

MadhesKhabar

Leave a Comment