Madhes Khabar
खेलकुद

सशस्त्रसंग हारेपनि पर्सा-११ सेमिफाइनलमा

वीरगन्ज ,१२ पौष: सशस्त्र प्रहरीकाे एपीएफ क्लबसंग हारेपनि पर्सा-११ नेपाल प्रो – क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ।
वीरगन्जस्थित नारायणी रंगशालाकाे क्रिकेट मैदान बिहीबार भएको खेलमा एपीएफसंग ८ रनले पराजित भएपनि पर्सा-११ रन रेटका आधारमा अन्तिम चारमा पुग्न सफल भएको हाे।
एपीएफले दिएकाे १२९ रनकाे लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको पर्सा११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२० रन मात्र बनाएपछि एपीएफले खेल ८ रनले जित्याे।तर रन रेटमा उ पछि परेका कारण पर्सा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गर्याे।एपीएफले पर्सा-११ लाई ९७ रनमै  अलआउट गर्न सकेको भए पर्सा-११ सेमिफाइनलमा पुग्नबाट बञ्चित हुने थियाे।
बिहीबारको खेलमा पर्सा-११ का लागि रुपेश सिंहले आक्रमक ब्याटिङ गरे।सिंहले ३७ बलमा अविजित ४६ रन बनाए ।अनिल साहले ८ बलमा १६ रन , इमरान शेखले १० बलमा १५ रन र सुरज पटेलले १८ बलमा १५ रन बनाए।
बलिङतर्फ एपीएफका अबिनाष बोहराले चार ओभरमा १५ रन खर्चिएर दुई विकेट, रमेश कुर्मीले चार ओभरमा १८ रन दिएर दुई विकेट र अमर सिंह रोटैलाले चार ओभरमा १५ रन दिएर एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियाे ।उसका लागि कप्तान प्रदीप ऐरीले अर्धशतकीय पारी खेले।उनले ४२ बलमा ५२ रन बनाए।यस्तै लोकेश बमले ११ बलमा १९ रन र पुरण विश्वकर्माले २३ बलमा १८ रन बनाए।
बलिङतर्फ पर्सा -११ का कप्तान सन्दीप लामिछानेले चार ओभरमा ३५ खर्चिएर दुई विकेट,रुपेश सिंहले तीन ओभरमा १६ रन दिएर दुई विकेट र रन्जित कुमारले दुई ओभरमा १७ रन दिएर दुई विकेट लिए।
सेमिफाइनलमा यसअघि त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब र भारतकाे वन्डर्स क्लब नाेयडा प्रवेश गरिसकेका छन्।
शुक्रबार प्रतियोगिताकाे दुवै सेमिफाइनल खेल हुनेछ।शुक्रबार पहिलाे सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र पर्सा ११ तथा दाेस्राे सेमिफाइनल खेलमा वन्डर्स क्लब नोयडा र नेपाल पुलिस क्लबबिच हुनेछ ।
प्रतियाेगिताकाे फाइनल खेल शनिबार हुने आयाेजक पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।

Related posts

जीतपुरसिमरा गोल्डकप : भरतपुरलाई हराउँदै मच्छिन्द्र फाइनलमा

MadhesKhabar

यु-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा, गुल्शन झा पनि परे टिममा

MadhesKhabar

राजस्थानसंग मुम्बईकाे लज्जास्पद हार

MadhesKhabar

Leave a Comment