Madhes Khabar
खेलकुद

वीरगन्जका शेख दाजुभाइले एकैदिन हाने उत्कृष्ट अर्धशतक

फाइल तस्बिर ।

काठमाडौं,१७माघ:प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एकै दिन वीरगन्जका दुई दाजुभाइले अर्ध शतक बनाएका छन् । प्रधानमन्त्री कपको बुधवार खेलिएको दुई छुट्टाछुट्टै खेलमा वीरगन्जको मुर्ली घर भएका दाजुभाइ आसिफ शेख र आरिफ शेखले उत्कृष्ट अर्धशतकीय पाली खेलेका हुन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको कर्णाली प्रदेशविरुद्धको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका लागि २३ वर्षीय आसिफ शेखले अर्ध शतक बनाए । उनी अविजित ६९ रन बनाउँदै अझै क्रिजमा सङ्घर्षरत छन् ।

यसैगरी बुधवार नै काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको लुम्बिनी प्रदेशविरुद्धको खेलमा नेपाल पुलिस क्लबका लागि आरिफ शेखले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । २६ वर्षीय आरिफ पुलिस क्लबका कप्तान पनि हुन् ।

पाँचौँ नम्बरमा क्रिज सम्हाल्न आएका आरिफले पुलिसका लागि ७६ रन बनाए । उनले ७६ बलको सामना गरी तीन छक्का र नौ चौका पनि हिर्काए ।

Related posts

वीरगन्जमा आयोजित म्याराथन दौड प्रतियोगिताको उपाधि बाराका यादवले जिते

MadhesKhabar

कुश्ती खेलप्रति मधेसका युवामा उत्साह बढाउन वीरगन्जमा विराट कुश्ती दंगल हुदैं

MadhesKhabar

नेपालले श्रीलंकालाई हरायाे

MadhesKhabar

Leave a Comment