Madhes Khabar
खेलकुद

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो फूटसल प्रतियोगिताको उपाधी

सिमरा,२२पुष: वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ सिमरा युथले जितेकाे छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनल खेलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो ।

उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको हाे । लायन्स क्लब अफ वीरगन्ज मिलेनियमलाई ६–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको सिमराका लागि वर्ष २०२२।२३ का अध्यक्ष दिवाकर भण्डारी एक्लैले पाँच गोल गरे । यसैगरी उमेश चौलागाईले तीन र रमेश सुवेदीले एक गोल गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर डिएन अग्रवाल, सेक्रेटरी बासु तिमिल्सीनाले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । अग्रवालले विजेता क्लब सिमरा युथका अध्यक्ष त्रिलोक बिक्रम शाहलाई ट्रफी हस्तान्तरण गरेका थिए ।

लायन्स क्लब अफ वीरगन्ज परिवारले आयोजना गरेको प्रतियोगितामा बारा र पर्साका लायन्स क्लबहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा लायन्स क्लब सिमरा युथ, कलैया, वीरगन्ज परिवार, वीरगन्ज मिलेनियम, आदर्शनगरलगायतले सहभागिता जनाएका थिए ।

Related posts

विश्वकप खेलेर आएपछि वीरगन्जमा नयाँ खेलाडीसँग अनुभव साट्दै आसिफ शेख

MadhesKhabar

नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन,अध्यक्षमा बजगाँई चयन

MadhesKhabar

प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट : आर्मीसंग सशस्त्र पराजित

MadhesKhabar

Leave a Comment