Madhes Khabar
खेलकुद

नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन,अध्यक्षमा बजगाँई चयन

वीरगन्ज,११मंसिर:नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन गरिएको छ।वीरगन्जमा मंगलबार सम्पन्न भेलाले युद्ध प्रसाद बजगाँईकाे अध्यक्षतामा मधेस प्रदेश समिति गठन गरिएको हाे।
समितिकाे उपाध्यक्षमा मनोज शाह,सचिव सोनु पटेल र कोषाध्यक्षमा सोनी कुमारी सोनल रहेका छन्।यस्तै सदस्यहरु  रुकेश सुयल, एकादशी चौधरी, घनश्याम शाह,मुक्ती नारायण दास थारु र उज्जवल कार्की रहेका छन्।
नेपाल ह्याण्डबल संघका केन्द्रिय सदस्य तथा मधेस प्रदेश ईन्चार्ज विकाश गिरीकाे अध्यक्षता तथा राष्ट्रिय खेलकसद परिषदका सदस्य मानदेव हजाराकाे प्रमुख आतिथ्यतामा भएको भेलामा राखेपका मधेस प्रदेश कार्यालयका सहायक प्रमुख पन्नालाल  साह,नेपाल भलिबल संघका केन्द्रिय सचिव महमद फिरोज अली,नेपाल ह्याण्डबल संघ पर्साका अध्यक्ष सन्दीप बस्नेत लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

यू-१९ विश्वकप छनाैटकाे तयारीका लागि वीरगन्जमा भएको खेलमा दिल्लीमाथि नेपालकाे क्लिन स्वीप

MadhesKhabar

जीतपुर-सिमरा क्रिकेट कपलाई जनकपुर बोल्ट्सको साथ

MadhesKhabar

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

Leave a Comment