Madhes Khabar
खेलकुद

बंगलादेशमाथि अष्ट्रेलियाकाे सहज जीत

वीरगन्ज,२५कार्तिक: भारतमा जारी आईसिसी एकदिवसीय विश्वकप क्रिकेटको राउण्ड रोबिनको आफ्नो खेलमा शनिबार अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।

 

शनिबार भएकाे खेलमा ३ सय ७ रनको ठूलो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४४.२ ओभरमा मात्र २ विकेट गुमाएर ३२ बल बाँकी रहँदै खेल जितेको हो ।

यसअघि नै सेमिफाइनल पुगिसकेको अष्ट्रेलियाको जितमा मिचेल मार्सले शतकिय इनिङ खेले । मार्स १ सय ३२ बलमा १ सय ७७ रनको शानदार इनिङका साथ नट-आउट रहे। उनले १७ चौका र ९ छक्का प्रहार गरे । स्टिभ स्मिथले ६४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन बनाएर अविजित रहे।

ओपनर डेभिड वार्नरले पनि ६१ बलमा ६ चौका प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेले। अर्कोतर्फ उनका ओपनिङ पार्टनर ट्राभिस हेड १० रनमै आउट भए ।

बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुए रहमानले समान विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६ रन बनाएको थियो ।

बंगलादेशका लागि तौहिद हृडोयले ७९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । शाकिब अल हसनको अनुपस्थितिमा आजका कप्तान रहेका नजमुल हसन शान्तोले ५७ बलमा ६ चौका प्रहार गर्दै ४५ रन बनाए । त्यसैगरी, ओपनर तान्जिद हसन र लिट्टन दास दुबैले समान ३६ रन बनाए।

महमुदुल्लाहले २१ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३२ रन बनाए । मेहिदी हसन मिराजले २९ र मुस्फिकुर रहिमले २१ रन बनाए । नसुम अहमद ७ रनमा आउट भए । महेदी हसन २ र तस्किन अहमद बिना कुनै रन नटआउट रहे ।

अष्ट्रेलियाका लागि सन एबोट र एडम जाम्पाले समान २ र मार्कस स्टोइनिसले १ विकेट लिए ।

बंगलादेश यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अष्ट्रेलियाको प्रतिद्वन्द्वी पनि तय भइसकेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ।

Related posts

भारतविरुद्धको टेष्ट सिरिजमा न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

MadhesKhabar

जिम्बाबेमाथि भारतकाे फराकिलो जित,शर्माले हाने शतक

MadhesKhabar

नेपाललाई नेदरल्याण्डले दियो १८५ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment