Madhes Khabar
खेलकुद

एसियाली खेलकुद: क्रिकेटको उपाधिका लागि फाइनलमा आज भारत र अफगानिस्तान खेल्दै

वीरगन्ज,२०असाेज: चीनमा जारी १९ओैं एसियाली खेलकुद अन्तर्गत पुरुष तर्फकाे क्रिकेटको उपाधिका लागि आज शनिबार भारत र अफगानिस्तान खेल्दैछन् ।

भारत र अफगानिस्तानबिचकाे फाइनल खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

यसअघि हिजाे शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

Related posts

अष्ट्रेलियाविरुद्ध भारतकाे लगातार दाेस्राे जित

MadhesKhabar

ब्राजिलियन राष्ट्रिय टिममा फर्किए नेइमार

MadhesKhabar

नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

MadhesKhabar

Leave a Comment