Madhes Khabar
खेलकुद

एसियाली खेलकुद: क्रिकेटको उपाधिका लागि फाइनलमा आज भारत र अफगानिस्तान खेल्दै

वीरगन्ज,२०असाेज: चीनमा जारी १९ओैं एसियाली खेलकुद अन्तर्गत पुरुष तर्फकाे क्रिकेटको उपाधिका लागि आज शनिबार भारत र अफगानिस्तान खेल्दैछन् ।

भारत र अफगानिस्तानबिचकाे फाइनल खेल चीनको हाङझाउमा नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुनेछ । उपाधि जित्ने टोलीले स्वर्ण पदक प्राप्त गर्नेछ ।

यसअघि हिजाे शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा बङ्लादेशलाई हराउँदै भारत र दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको हो ।

क्रिकेटमा सहभागी नेपाल भने क्वाटरफाइनलमा भारतसँग पराजित हुँदै बाहिरिएको थियो ।

Related posts

पाकिस्तान पराजित, फाइनलमा भारत र अफगानिस्तान भिड्ने

MadhesKhabar

लखनउमाथि दिल्लीकाे सहज जित

MadhesKhabar

नेपाललाई नेदरल्याण्डले दियो १८५ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment