Madhes Khabar
खेलकुद

विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी

काठमाडौं,५मंसिरः फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएको छ ।बुधबार बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एक÷एक गोलको बराबरी खेलेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । बराबरीपछि उरुग्वे १२ खेलमा २० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १२ खेलबाट १८ अङ्क जोडेको ब्राजिल पाँचौं स्थानमा छ ।

शीर्ष स्थानको अर्जेन्टिनाले पेरुलाई एक गोलले हराउँदै विश्वकपका लागि छनोट भएको छ । लिओनल मेस्सीको कप्तानीमा रहेको साविक विजेता टोली अर्जेन्टिनाको १२ खेलमा २५ अङ्क भएको छ ।

दक्षिण अमेरिकाबाट विश्वकपमा ६ देशले स्थान बनाउनेछन् । त्यसअनुसार अर्जेन्टिना कम्तीमा छैटौं स्थानका लागि सुरक्षित भएको छ ।

Related posts

पर्सा ११ विरुद्ध आर्मीकाे सानदार जीत

MadhesKhabar

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसंग पराजित

MadhesKhabar

नेपालको लगातार तेस्रो हार : नेदरल्यान्ड्ससँग १५ रनले पराजित

MadhesKhabar

Leave a Comment