Madhes Khabar
खेलकुद

नेपालको लगातार तेस्रो हार : नेदरल्यान्ड्ससँग १५ रनले पराजित

काठमाडौं,२०माघः काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० क्रिकेट शृंखलामा नेपलले लगातार तेस्रो हार भोगेको छ ।त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १५ रनले पराजित गरेको हो । १ सय ४१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् ।सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाइन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।बलिङ्तर्फ नेपालका लागि सीता राना मगरले ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिइन् ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल त्यसपछि थाइल्यान्डसँग ४ विकेटले हार्न पुगेको थियो । नेदरल्यान्ड्सको ३ खेलमा यो दोस्रो जित हो ।सहभागी टोलीले एकअर्कासँग तीन खेल खेल्ने तालिका छ र सर्वाधिक अंक ल्याउने टोली विजेता बन्नेछ । थाइल्यान्ड पहिलो दुई खेलमै विजयी रहेको छ ।

Related posts

एनआई कप टी–२० क्रिकेट : आयोजक नेशनल ईन्फोटेक र हेटौंडा स्कूल विजयी

MadhesKhabar

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

विश्वकप क्रिकेटकाे उपाधिका लागि फाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

MadhesKhabar

Leave a Comment