Madhes Khabar
खेलकुद

साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसंग पराजित

काठमाडौं,५असोजःनेपाल साफ यु–१७ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ । साविकको उपविजेता नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले हारेको हो ।

भुटानको चाङलिमिथाङ रंगशालामा शनिबार भएको खेलमा पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको ८२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

समूह ‘बी’ मा रहेको नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनल १२ असोजमा तथा फाइनल १४ असोजमा हुनेछ ।

 

Related posts

जीतपुरसिमरा गोल्डकप : हेटौंडालाई हराउदै एपिएफ सेमिफाइनलमा

MadhesKhabar

विश्वकप क्रिकेटका लागि भारतीय टिम घाेषणा

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment