Madhes Khabar
खेलकुद

वीरगन्जमा नेशनल मेडिकल कलेजद्वारा ‘हेल्थ म्याराथन दौड ’ प्रतियोगिता सम्पन्न

वीरगन्ज,२१चैतःवीरगन्जमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आयोजनामा ‘रन फर हेल्थ,रन फर लाइफ’ नारासहित हेल्थ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । स्पोट्र्स वीक–२०८२ अन्तर्गत मेडिकल कलेजले शनिबार आयोजना गरेको उक्त म्याराथन दौड प्रतियोगितामा पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका छन् ।

यस्तै महिलातर्फ विपना प्रथम, अलिशा खातुन द्वितीय र करुणा कुमारी तृतीय भएका छन् ।यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय र डा. आदित्य राज तृतीय तथा स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय कुमार द्वितीय र धनञ्जय मण्डल तृतीय भएका छन्।

म्याराथन दौड प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरुलाई मेडकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, नेपाली सेनाका कर्णेल लोकेन्द्र कार्की, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल र एथ्लेटिक्स प्रशिक्षक विश्वेसर पटेलले मेठल प्रदान गरेका थिए ।

Related posts

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिप

MadhesKhabar

टाइब्रेकरमा पाेर्चुगललाई स्तब्ध पार्दै फ्रान्स युराेकपकाे सेमिफाइनलमा

MadhesKhabar

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय टिभी च्यानल `स्टार स्पोर्ट्स´बाट हुने

MadhesKhabar

Leave a Comment