Madhes Khabar
खेलकुद

मधेस प्रदेशस्तरीय कराँते प्रतियोगितामा ५ स्वर्ण जित्दै पर्सा जिल्ला भयो प्रथम

वीरगन्ज,५जेठः जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय महिला/पुरुष फुलकन्ट्याक्ट कराँते प्रतियोगितामा पर्सा जिल्लाले ५ वटा स्वर्ण जित्दै मधेस प्रदेशमै प्रथम स्थान हासिल गरेको छ ।

मधेस खेलकुद परिषदले आयोजना गरेको दुई दिने प्रतियोगितामा कराँतेतर्फको स्पर्धामा पर्सा जिल्लाका खेलाडीले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेका हुन् । प्रतियोगितामा पर्साबाट पुरुषतर्फको ४० केजी तौल समुहमा सुरेश दास, ४५ केजी तौल समुहमा रुपेश पटेल, महिलातर्फ ४० केजी तौल समुहमा मनिषा माली, ५५ केजी तौल समुहमा अनिशा यादव र खुल्ला तौल समुहमा निचिता आलेले स्वर्ण पदक जितेका हुन् ।

यस्तै पर्साबाटै पुरुषतर्फ खुल्ला तौल समुहमा सुलभ माझी र महिलातर्फ ४० केजी तौल समुहमा रेशमा चौधरीले रजत पदक जितेको प्रशिक्षक रवि साहले जानकरी दिए । यस्तै पर्साबाटै पुरुषतर्फ ६० केजी तौल समुहमा धर्मेन्द्र ठाकुर,६५ केजी तौल समुहमा भुपेन्द्र यादव र महिलातर्फको ५५ केजी तैल समुहमा सुइना श्रेष्ठले कास्इ पदक जितेको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साहले जानकारी दिए ।

 

Related posts

परवानीपुर गोल्डकप : बागमति फुटबल क्लब सेमिफाइनलमा

MadhesKhabar

वीरगन्ज-१० मा जारी वडास्तरीय क्रिकेट टुर्नामेन्ट : जनकपुर सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमसंग गण्डकी पराजित

MadhesKhabar

Leave a Comment