Madhes Khabar
खेलकुद

वीरगन्ज-१० मा जारी वडास्तरीय क्रिकेट टुर्नामेन्ट : जनकपुर सेमिफाइनलमा

वीरगन्ज,१७माघःजनकपुर टिम,वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा जारी तेस्रोे वडास्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा बिहीबार भएको खेलमा काेशी टिमलाई १० रनले हराउँदै जनकपुरले अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे।

जनकपुरले दिएको ८७ रनकाे लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको काेशीले निर्धारित १६ ओभर खेल्दै ९ विकेटको क्षतिमा ७६ रनमात्र बनाउन सक्याे।उसका लागि सुधिर कुमारले सर्वाधिक २४ र विक्की साहले ७ रन बनाए।बलिङतर्फ जनकपुरका लागि आयुष सिंह र केशव श्रीले समान दुई दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेकाे जनकपुरले १५.१ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियाे ।उसका लागि आयुष सिंहले १९ र राेहित कुमारले १२ रन बनाए।बलिङतर्फ काेशीका रितेश राैनियार र आनन्द गुप्ताले समान तीन तीन विकेट लिए।

उक्त खेलकाे म्यान अफ दी म्याच जनकपुरका आयुष सिंह घाेषित भएकाे घडिअर्वा स्पाेर्टस् क्लबका अध्यक्ष सन्ताेष कानुले जानकारी दिए।

प्रतियोगिताका सेमिफाइनल चरणका खेल शुक्रबार हुनेछ।पहिलाे सेमिफाइनल खेलमा गण्डकी र बागमतीबीच तथा दाेस्राे सेमिफाइनल खेलमा जनकपुर र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

 

घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले माघ १२ गतेदेखि आयोजना गरेको प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।माघ१२ गते प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

Related posts

भारतले श्रीलंकालाई दियाे ३५८ रनकाे विशाल लक्ष्य

MadhesKhabar

काेलकाताकाे पहिलाे हार, चेन्नईकाे तेस्राे जित

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment