Madhes Khabar
खेलकुद

भारत र दक्षिण अफ्रिका बीचको दोस्रो टी–२० क्रिकेटमा बने पाँच विश्व कीर्तिमान

मधेसखबर
वीरगन्ज १७, असोज : भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टी–२० क्रिकेटमा पाँच वटा विश्व कीर्तिमान बनेका छन् । भारतले दोस्रो टी–२० मा दक्षिण अफ्रिकालाई १६ रनले पराजित गरी तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । भारतले पहिलो पटक घरेलु मैदानमा दक्षिण अफ्रिका विरुद्ध टी–२० शृङ्खला जित्न सफल भएको हो ।

डेविड मिलर टी–२० मा पाँचौँ नम्बरमा ब्याटिङ गर्दै दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । मिलरले यसअघि पाँचौँ नम्बरमा ब्याटिङ गर्दै सन् २०१७ मा बङ्ग्लादेशसँग अविजित शतकीय पारी खेलेका थिए । त्यस्तै चौथो विकेटका लागि सर्वाधिक ठूलो रनको साझेदारी भएको छ ।

दक्षिण अफ्रिकाका डी कक र मिलरले गरेको १ सय ७४ रनको अविजित साझेदारी टी–२० मा चौथो विकेटका लागि सर्वाधिक ठूलो हो । त्यस्तै भारतीय ब्याटर सूर्यकुमार यादव सबैभन्दा कम बलमा एक हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । उनले ५ सय ७३ बलमा यो सफलता हात पारेका हुन् । भारत र दक्षिण अफ्रिकाबीचको खेलमा डेथ ओभरमा कुल १ सय ६० रन बनेको थियो । डेथ ओभर १६ देखि २० ओभरलाई मानिन्छ ।

भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ रन जोडेको थियो । त्यस्तै भारत टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक योगफल बनाउने टोली बनेको छ । यसअघि दक्षिण अफ्रिकाविरुद्ध सन् २०१५ मा वेस्टइन्डिजले ६ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । टी–२० मा सर्वाधिक ठूलो योगफल अफगानिस्तानले सन् २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

हिजो गुवाहाटीमा भएको खेलमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो । भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टी–२० भोलि हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुनेछ ।

Related posts

न्युजिल्यान्डलाई २१ रनले हराएकाे पाकिस्तानकाेे सेमिफाइनल पुग्ने सम्भावना कायमै

MadhesKhabar

वीरगन्ज महानगरले जितेकाे राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण

MadhesKhabar

वीरगन्जमा ‘गर्ल्स एन्ड जुनियर ब्वाइज क्रिकेट टुर्नामेन्ट’ सुरु,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment