Madhes Khabar
खेलकुद

वीरगन्ज महानगरले जितेकाे राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण

वीरगन्ज,६चैत:१४ओैं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भई जितेको शील्ड वीरगन्ज महानगरको टोलीले महानगरका मेयर राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ ।

उपाधि विजेता महानगरको टोलीले प्रतियोगितामा एथलेटिक्स, कबडी, तेक्वान्दो, भलिबल तथा करातेका विभिन्न बिधा तथा समूहमा प्रतिष्पर्धा गरेको थियो ।प्रतियोगितामा प्रतिष्पर्धा भएका मध्ये करातेतर्फ महानगरको टोलीले सबैभन्दा बढी १२ स्वर्ण पदक ,करातेतर्फ १० स्वर्ण र एथलेटिक्समा ८ स्वर्ण गरी ३२ स्वर्ण पदकका साथ पहिलाे स्थान हासिल गरी रनिङशील्ड जितेकाे थियाे।

उक्त रनिङ शील्ड मेयर सिंहलाई पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठ, सितोरियो कराते संघ पर्साका अध्यक्ष संतोष सर्राफ, राखेपका प्रशिक्षक नाजिर हुसेन लगायतकाे टाेलीले हस्तान्तरण गरेकाे हाे।

गएको वर्ष भएको १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको उपाधि पनि वीरगन्ज महानगरले नै जितेको थियो । लगातार दोस्रो पटक प्रथम हुन सफल भएको भन्दै मेयर सिंहले प्रतियोगितामा सहभागि खेलाडी तथा प्रशिक्षकलाई बधाई दिँदै खेलकुदको विकासका लागि महानगरले बजेट नै छुट्याएर काम गरिरहेको बताए । खेल र खेलाडी दुबैको अवस्था सुधार्न आफू लागि परेको भन्दै सिंहले वीरगन्जको नाम चिनाउने गरि प्रतिष्पर्धामा खरो उत्रन पनि खेलाडीहरुसँग आग्रह गरे।

गएको फागुन २८ देखि ३० गतेसम्म चलेको प्रतियोगितामा जिल्लाभरका पालिकाहरुले सहभागिता जनाएका थिए ।

Related posts

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

MadhesKhabar

आईपीएल क्रिकेटमा आज बैंग्लोर र लखनउको भिडन्त

MadhesKhabar

झापालाई हराउँदै वीरगन्जले जित्यो भेट्रान कपको उपाधि

MadhesKhabar

Leave a Comment