वीरगन्ज,२२जेष्ठःअमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपाली टोलीमा सहभागी व्याटर अनिल साहले बनाउने हरेक रनका लागि बाराको कलैया उपमहानगरपालिकाले नगद पुरस्कार दिने घोषणा गरेको छ ।नेपाली टोलीका ओपनर व्याटर अनिल बाराको कलैयाकै निवासी हुन्।
बाराको कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले विश्वकपमा नेपालको तपर्फबाट खेलिरहेका अनिललाई पोत्साहित गर्न नगद पुरस्कार दिने घोषणा गरेका हुन् । विश्वकपमा अनिलले बनाउने हरेक रनका लागि १ हजार रुपैयाँ,हरेक चौकाका लागि ५ हजार , हरेक छक्काका लागि ८ हजार , अर्धशतकका लागि २५ हजार र शतकका लागि ५१ हजार रुपैयाँ दिने घोषणा मेयर साहले गरेका हुन् ।

