Madhes Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाब खेल्दै

वीरगन्ज,१४बैशाखःभारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ । यी दुईबिचको खेल कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुुरु हुनेछ ।

जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अंकसहित दोस्रो स्थानमा छ । पञ्जाब भने अहिलेसम्म खेलेका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हारका साथ नवौँ स्थानमा छ ।

यसअघि बिहीबारराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले सनराइजर्स हैदराबादलाई ३५ रनले हराएको थियो ।

Related posts

वीरगन्जमा माडवारी प्रिमियर लिग सुरु,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

आईपीएलमा आज राजस्थान र गुजरात खेल्दै

MadhesKhabar

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

MadhesKhabar

Leave a Comment