वीरगन्ज,१४बैशाखःभारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज शुक्रबार कोलकोता नाइट राइडर्स र पञ्जाब किंग्सबीच खेल हुँदैछ । यी दुईबिचको खेल कोलकोताको इडेन गार्डेनमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुुरु हुनेछ ।
जारी आईपीएलमा कोलकोता अहिलेसम्म ७ खेलमा ५ मा जित र २ मा हार बेहोरेर १० अंकसहित दोस्रो स्थानमा छ । पञ्जाब भने अहिलेसम्म खेलेका ८ खेलमा २ खेलमा जित र ६ खेलमा हारका साथ नवौँ स्थानमा छ ।
यसअघि बिहीबारराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले सनराइजर्स हैदराबादलाई ३५ रनले हराएको थियो ।

