Madhes Khabar
खेलकुद

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

फाेटाे साैजन्य : रेडियो विजयवस्ती

मधेसखबर
वीरगन्ज ,११ असाेज : पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर २ मा जारी दशैंकप नकाउट फूटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबारको खेलमा आयोजक वनशक्ती युवा क्लब ए बिजयी भएको छ।

मङ्गलबार भएकाे खेलमा वनशक्ती युवा क्लब ए ले युवा हरियाली क्लब हनुमान नगरलाई ३-० गोल अन्तरले पराजित गरेको हाे । वनशक्तिको जितका लागि सुशील खत्री, राज तामाङ र रुपेश लामाले एक एक गोल गरेका हुन् ।

मङ्गलबारको खेलको म्यान अफ दी म्याच वनशक्तिका जर्सी नवीन बस्नेत घोषित भए । प्रतियोगितामा बुधबारकाे पहिलो खेल मुनस्टार युवा क्लब ठोरी ३ र ब्रह्मज्योति युवा क्लब ठोरी ३ बिच हुने छ । दोस्रो खेल तमु ब्वाइज र युथ युनिटी बिच हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए।

१६ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताकाे फाइनल खेल असोज २१ गते हुनेछ । उपाधी बिजेता टिमलाई नगद ६० हजार,शिल्ड,मेडल तथा प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ३० हजार,शिल्ड,मेडल एवं प्रमाणपत्र प्रदान गरिने क्षेत्रीले जानकारी दिए।

Related posts

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वाटरफाइनलमा : माल्दिभ्स १३८ रनले पराजित

MadhesKhabar

आयरल्यान्डसंगकाे दाेश्राे टि-२० क्रिकेटमा भारत विजयी

MadhesKhabar

मधेस फेरि च्याम्पियन

MadhesKhabar

Leave a Comment