Madhes Khabar
खेलकुद

ठाेरीमा जारी दशैंकप नकाउट फुटबलमा आयोजक वनशक्ती क्लब ए विजयी

फाेटाे साैजन्य : रेडियो विजयवस्ती

मधेसखबर
वीरगन्ज ,११ असाेज : पर्साकाे ठोरी गाउँपालिका वडा नम्बर २ मा जारी दशैंकप नकाउट फूटबल प्रतियोगिताको तेस्रो दिन मङ्गलबारको खेलमा आयोजक वनशक्ती युवा क्लब ए बिजयी भएको छ।

मङ्गलबार भएकाे खेलमा वनशक्ती युवा क्लब ए ले युवा हरियाली क्लब हनुमान नगरलाई ३-० गोल अन्तरले पराजित गरेको हाे । वनशक्तिको जितका लागि सुशील खत्री, राज तामाङ र रुपेश लामाले एक एक गोल गरेका हुन् ।

मङ्गलबारको खेलको म्यान अफ दी म्याच वनशक्तिका जर्सी नवीन बस्नेत घोषित भए । प्रतियोगितामा बुधबारकाे पहिलो खेल मुनस्टार युवा क्लब ठोरी ३ र ब्रह्मज्योति युवा क्लब ठोरी ३ बिच हुने छ । दोस्रो खेल तमु ब्वाइज र युथ युनिटी बिच हुने आयोजक समितिका कोषाध्यक्ष विशाल क्षेत्रीले जानकारी दिए।

१६ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताकाे फाइनल खेल असोज २१ गते हुनेछ । उपाधी बिजेता टिमलाई नगद ६० हजार,शिल्ड,मेडल तथा प्रमाणपत्र तथा उपबिजेता टिमलाई नगद ३० हजार,शिल्ड,मेडल एवं प्रमाणपत्र प्रदान गरिने क्षेत्रीले जानकारी दिए।

Related posts

पुलिसविरुद्धको जितसंगै मधेसले जय ट्रफी खेल्ने पक्का

MadhesKhabar

क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल साह र देव खनाल टिममा समेटिए

MadhesKhabar

काम लागेन काेहलीकाे शतक, बैंग्लाेर राजस्थानसंग पराजित

MadhesKhabar

Leave a Comment