Madhes Khabar
खेलकुद

वीरगन्जमा माडवारी प्रिमियर लिग सुरु,मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,३जेठःस्व.सुशील कुमार खेतानको स्मृतिमा वीरगन्जमा शनिबारदेखि माडवारी प्रिमियर लिग (एमपीएल) सुरु भएको छ । मारवाडी युवा मञ्चको सहकार्यमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगन्जमा शनिबारदेखि आयोजना गरेको प्रतियोगिताको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । त्यसअवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकोपनि विशेष उपस्थिती रहेको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा अहिले ट्रिगेरेड आउट र दि न्युट्रिप्लास्ट फाइटरबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका संयोजक प्रकाश खेतानले जानकारी दिए।

जेठ १३ गतेसम्म चल्ने डे–नाइट प्रतियोगितामा कूल १० वटा टीमको सहभागीता रहेको प्रतियोगिताका संयोजक खेतानले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,प्र्हरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई ,वीरगन्ज उद्योगग वाणिज्य संघका अध्यक्ष हरि गौतम,सञ्चार उद्यमी ध्रुब साह लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

राजस्थान रोयल्स आइपिएलको फाइनलमा

MadhesKhabar

आईपीएलमा हैदरवादलाई हराउँदै राजस्थानको सानदार विजयी सुरुवात

MadhesKhabar

विश्वकप छनोटमा पुरानो लय कायम राख्ने विश्वास छ : आसिफ शेख

MadhesKhabar

Leave a Comment