Madhes Khabar
खेलकुद हेडलाइन

नेपालले पहिलाे पटक जित्याे आइसीसीको उपाधि

काठमाडौं,३१असाेज : आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा सामोआलाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको छ।शुक्रबार भएको खेलमा नेपालले सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

 

यो उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि पहिलो आईसीसीको पहिलो उपाधि हो। ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियाे।

 

नेपालले दिएको २१२ रनको विजयी लक्ष्य पछ्याएको सामोआले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रन मात्रै जोड्यो। सामोआको लागि ओपनर ब्याटर सामोआका लागि सिन सोलिआले सर्वाधिक ४० रन बनाए। उनले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे। बेन्जामिन माइलाटाले ११ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

नेपालका लागि बलिङतर्फ ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने, करण केसी र रोहित पौडेलले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै क्याच आउट भएका थिए। कुशल भुर्तेलले १७ रन बनाउँदा तेस्रो क्रममा आएका दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतकीय पारी खेले। उनले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गरेर ५३ रन बनाए। आरिफ शेखले ९ ले बनाए। रोहित पौडेल २१ र लोकेश बम ३९ रनमा अपराजित रहे।

सामोआको लागि डेनिअल बुरगेस, साउमानी तिआइ, दरिउस विसर र नोआ मिडले १–१ विकेट लिए।

नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन, दोस्रो खेलमा कतारलाई ५ रन र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो। एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमान र यूएईले २०२६ को भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएका छन्। जापान, कतार र सामोआले सुपर सिक्ससम्म स्थान बनाएका थिए।

Related posts

पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

MadhesKhabar

सिमरा बस दुर्घटनाका घाइते गहवाका थप एक युवककाे उपचारका क्रममा मृत्यु 

MadhesKhabar

मिटरब्याजी पिडित आमाको वेदना : १४ लाखको ४४ लाख तिर्दा पनि छोरो जेलमा छ

MadhesKhabar

Leave a Comment