Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे सखुवा प्रसाैनीमा दुई सातादेखि बाघकाे आतंक

फाइल फाेटाे

वीरगन्ज ,३बैशाख :पर्साकाे सखुवाप्रसौनी गाउपालिका वडा नम्बर ५ काे उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी साझेदारी वनसँग जोडिएको सिधपुर, सखुवनिया, सियरहीलगायतका गाउमा बाघले आतंक मच्चाएको छ ।

स्थानीय लीला विकले बाघले आफ्नो घर पालुवा कुकुरलाई समेत सिकार बनाएको बताइन् ।

‘दैनिकजसो बाघले भुस्याहा र स्थानीयले पालेको कुकुर लगिरहेको छ,’ उनले भनिन्, ‘स्थानीय आतंकति छन्, अहिलेसम्म मानवीय क्षति त भएको छैन, तर जुनसुकै बेला बाघले आक्रमण गर्न सक्ने भयले स्थानीय आतंकित छन् ।’

वडाध्यक्ष वासुदेव महतो थारूले बाघको डरले स्थानीय किसान मकै खेतमा पस्नसमेत छाडेको बताए । कोइलाभार बिन्दवासिनी साझेदारी वन पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।

साझेदारी वनमा विगतमा बाघ नरहेकोमा हाल यस भेगमा देखा परेको बाघ निकुञ्जबाट आएको हुन सक्ने थारू बताउँछन् । निकुञ्जमा हाल ४० बढी बाघ छन् । वडाध्यक्ष थारूले बाघको आतंकबारे डिभिजन वन कार्यालय पर्सालाई जानकारी गराए पनि नियन्त्रणको प्रयास नभएको गुनासो गरे ।

‘म आफैंले डिभिजन वन कार्यालयलका अधिकारीलाई बाघ आतंकबारे जानकारी गराएँ,’ उनले भने, ‘निकुञ्जको मध्यवर्ती क्षेत्र भएको निकुञ्ज प्रशासनले चासो लिन्थ्यो होला, तर डिभिजन वनका अधिकारी गम्भीर भएका छैनन् ।’ डिभिजन वनका अधिकृत फरमान मियाँले त्यस भेगमा बाघ आतंकबारे जानकारी नआएको बताए ।साभार:कान्तिपुर

Related posts

बारामा बाँसघारीबाट गाँजासहितको मोटरसाइकल बरामद

MadhesKhabar

दुई वटा मन्त्रालय लिएर जसपा सरकारमा जादैन : प्रदीप यादव

MadhesKhabar

बिरञ्चीबर्वामा एयरगनबाट गोली प्रहार गरेर बालकलाई घाइते बनाएका तिवारी पक्राउ

MadhesKhabar

Leave a Comment