Madhes Khabar
स्थानिय हेडलाइन

सिमरा बस दुर्घटनाका घाइते गहवाका थप एक युवककाे उपचारका क्रममा मृत्यु 

वीरगन्ज,१३कार्तिक: बाराको सिमरामा गत शनिबारराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप एक युवककाे उपचारका क्रममा मृत्युु भएकाे छ ।
वीरगन्जस्थित नारायणी मेडिसिटी बयाेधा हस्पिटलमा उपचारत वीरगन्ज महानगरपालिका वडा नम्बर ७ गहवाका ३० वर्षिय सुरज साह गुप्ताकाे साेमबार मृत्यु भएकाे हाे ।याेसंगै उक्त दुर्घटनामा परि मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ ।यसअघि दुर्घटना भएकैरातमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका २७ वर्षिय मुकेश साहकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।
चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगन्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस शनिबारराति ११ बजेतिर बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ४० भन्दाबढी घाइते भएका थिए ।घाइते मध्ये हुनेहरु अधिकांश वीरगन्जको गहवा थिए ।

Related posts

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

MadhesKhabar

मधेस प्रदेशको मुख्यमन्त्रीमा साेनल नियुक्त

MadhesKhabar

धोबिनीका अध्यक्ष चौहानले वीरगन्जमा गोप्य रुपमा गाँउपरिषद गराएको जनप्रतिधिनीहरुको आरोप

MadhesKhabar

Leave a Comment