Madhes Khabar
खेलकुद

निजगढलाई हराउँदै वीरगन्ज फाइनलमा

बारा,२१चैत:विरगन्ज युनाईटेड क्लब, तेस्रो डुमरवाना गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाईनल खेलमा निजगढ एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विरगन्ज युनाईटेड फाईनलमा प्रवेश गरेको हो ।

दाेस्राे हाफमा विरगन्जका विशाल चौधरीले गरेकाे एकमात्र गाेल निर्णायक बन्याे।खेलकाे म्यान अफ द म्याच चाैधरी नै घोषित भए ।

अब उपाधीका लागी विरगन्ज युनाईटेडले बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा भरतपुर फुटबल क्लब चितवन र हेटौडा रिगल रिसोर्ट एन्फा एकेडेमी मकवानपुरबिचकाे विजेता टिमसंग फाइनल खेल्नेछ । प्रतियोगिताको फाईनल खेल चैत २३ गते हुने आयोजक जनमुखी युवा चारपाते क्लबले जनाएको छ ।

प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेता टिमले नगद ७५ हजार रुपैया प्राप्त गर्नेछन् ।

Related posts

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपालको लगातार दोस्रो जित

MadhesKhabar

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

MadhesKhabar

एनआई कप क्रिकेट : डेसिमल कलेजमाथि आयोजक एनआई कलेजको फराकिलो जित

MadhesKhabar

Leave a Comment