Madhes Khabar
खेलकुद

एनआई कप क्रिकेट : डेसिमल कलेजमाथि आयोजक एनआई कलेजको फराकिलो जित

वीरगन्ज,९माघःवीरगन्जमा जारी नेशनल इन्फोटेक (एनआई ) कप क्रिकेट अन्र्तगत बुधबार भएको पहिलो  खेल आयोजक नेशनल इन्फोटेक (एनआई)कलेजले जितेको छ ।

नारायणी क्रिकेट मैैदानमा भएको पहिलो खेलमा एनआई कलेजले डेसिमल कलेजलाई ४९ रनको फराकिलो अन्तरले हराएको हो । एनआई कलेजले दिएको १२१ रनको लक्ष्य पछ्याएको डेसिमल कलेजले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाएपछि खेल एनआई कलेजले जितेको हो । डेसिमल कलेजका लागि प्रतिक पुरीले सर्वाधिक १७ र महमद दिलशादले १४ रनमात्र बनाए ।
त्यसअघि पहिले व्याटिङ गरेको एनआई कलेजले निर्धारित १३ ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो । उसका लागि मसलमान मन्सुरीले ३९ र जेनिस मुखियाले २९ रन बनाएका थिए ।उक्त खेलको प्यलेयर अफ दी म्याच एनआई कलेजका सलमान मन्सुरी घोषित भए ।

नेशनल इन्फोटेक कलेजको आयोजनमा शनिबारदेखि सुरु भई माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा वीरगन्जका १० निजी कलेजका टिमले भाग लिएका छन् ।

Related posts

परवानीपुर गोल्डकप फुटबल चैत ३ गतेदेखि

MadhesKhabar

दुई पटकको विजेता जर्मनी पनि विश्वकपबाट बाहिरियो

MadhesKhabar

अनिल साहको शतकमा मधेसले दियाे गण्डकीलाई ३३६ रनको विशाल लक्ष्य

MadhesKhabar

Leave a Comment